काठमाडौं । कोरोना संक्रमणबाट देशभर थप १२ जनाको मृत्यु भएको छ । ४ महिला र ८ पुरुष गरी थप १२ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा काठमाडौंका ७९, ललितपुरका ७३, भक्तपुरका ८२ र सुर्खेतका ८२ वर्षीया महिला, सुनसरीका ३९, धनुषा ७०, काठमाडौं ५८, ९१, चितवन ८१, ८१, ९२ र कास्कीका ८३ वर्षीया पुरुष रहेका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ सय ९० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।