
काठमाडौं । कोरोनाभाइरसको परीक्षण र उपचार अब आफैले ब्यवहोर्नु पर्ने भएको छ । आइतबारको नियमित कोरोना अपडेटमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सरकारले यस्तो निर्णय गरेको जानकारी दिएका हुन् ।
सरकारको निर्णय अनुसार आर्थिकरुपमा विपन्न, अशक्त, असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिकहरु, जेष्ठ नागरिक, अग्रपंतिमा खटिने स्वास्थ्यकर्मीहरु, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीमा लक्षण वा चिन्ह दखिएमा परीक्षण र उपचार निःशुल्क हुनेछ । उनीहरुले कोरोना बिमा गरेको भए परीक्षण र उपचार खर्च बिमा रकमबाट ब्यवहोरिने समेत प्रवक्ता गौतमले बताए ।
‘अन्य सबै व्यक्तिको परीक्षण तथा उपचार व्यक्तिको आफ्नै खर्चमा गर्ने गराउने निर्णय भएको छ,’ प्रवक्ता गौतमले भने ।
उनका अनुसार यो निर्णय सरकारी, गैरसरकारी, निजी अस्पतालहरु तथा प्रयोगशालाहरुमा आजैदेखि लागू हुनेछ ।










