कांग्रेसको अवरोधका कारण संसदका दुबै बैठक स्थगित

काठमाडाै‌ । प्रतिनिधि सभाको आजको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रसको विरोध पछि भोलि दिउँसो तीन बजेसम्मका लागि बैठक स्थगित भएको हो ।

त्यसै गरी राष्ट्रियसभाको बैठक पनि अर्को हप्तासम्मका लागि स्थगित भएको छ ।  कांग्रेसका पूर्वसभापतिद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापित अस्पताल केन्द्र सरकार मातहत नराखेको विरोधमा कांग्रेसले सदन अवरुद्ध गरेको हो ।  यस्तै डा. गोविन्द केसीसँग भएको सहमतिअनुसार चिकित्सा शिक्षा विधेयक पारित गर्नुपर्ने माग पनि कांग्रेसले गरेको छ।

प्रतिनिधिसभाको बैठकमा कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले बोल्दै सरकार प्रतिशोधका साथ अघि बढेको बताएका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार