अन्तत : दलित भन्दै कोठा नदिने घरबेटी पक्राउ

काठमाडौं । दलित भन्दै कोठा भाडामा नदिने एक घरबेटीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको बबरमहलकी सरस्वती प्रधान रहेकी छन् ।

केही दिन अघि रुपा सुनारलाई दलित भएकै कारण कोठा नदिएपछि उनी विरुद्ध प्रहरीमा सुनारले जाहेरी दिएकी थिइन् । सोही जाहेरीका आधारमा उनलाई अनुसन्धानका लागि आइतबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।

सञ्चारकर्मीसमेत रहेकी रुपा सुनारले कोठा खोज्ने क्रममा प्रधानले जातीय विभेद गरी कोठा नदिएको भन्दै घरबेटीविरुद्ध महानगरीय प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दिएकी थिइन् ।

काठमाडौं उपत्यकामा यो पहिलो घटना भने होइन् । दलित भएकै कारण सांसदले समत काेठा भाडामा नपाएका घटनाहरु बाहिर आएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार