काठमाडौंमा पनि वर्षा, जाडो बढ्यो

काठमाडौं । मंगलबार रातिदेखि काठमाडौंमा पनि वर्षा भइरहेको छ । देशका हिमालि भेगमा मंगलबार देखि हिमपात भइरहेको छ भने काठमाडौंमा रातिदेखि वर्षा भइरहेको छ । पश्चिमि वायुको प्रभावले देशका धेरै ठाँउमा वर्षा भइरहेको छ ।

काठमाडौंमा वर्षा भएसँगै जाडो बढेको छ ।  वर्षाका कारण एक ठाँउबाट अर्को ठाँउसम्म आवतजावत गर्न पनि समस्या भइरहेको सर्वसाधरणले बताएका छन् । हिमाली भेगमा हिउँ परेकाले पनि काठमाडौंमा जाडो बढेको हुनसक्ने अनुमान गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावले पश्चिम क्षेत्रबाट सुरु भएको वर्षा गएरातिदेखि देशका मध्य तथा पूर्वी भागसम्म फैलिएको छ । यो प्रणाली आज रातिसम्म कायम रहने अनुमान छ । पश्चिमी वायुको प्रभाव देशको मध्य तथा पूर्व भागमा आज रातिसम्म वर्षा हुने देखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार