वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधानका लागि ८ सदस्य कार्यदल गठन


काठमाडौं । सरकारले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको समस्या समाधान गर्न ८ सदस्य कार्यदल गठन गरेको छ । प्रधानमन्त्री कार्यालयका वरिष्ठ सचिव बैकुण्ठ अर्यालको संयोजकत्वमा ८ सदस्य कार्यदल गठनगरेको हो ।

प्रतिष्ठान सुधारको माग गर्दै प्रतिष्ठानमा कार्यरत चिकित्सक नर्स र विद्यार्थीले आन्दोलन गरेपछि सरकारले कार्यदल गठन गरेको हो । कार्यदलले आन्दोलनरत पक्षसँग वार्ता र छलफल गरी समस्या समाधान गर्नका लागि पहल गर्ने बताइएको छ ।

कार्यदलले आजैबाट काम गर्ने गरी १५ दिनभित्रमा सरकारलाई प्रतिवेदन बुझाउनु पर्ने छ । कार्यदलले प्रतिष्ठान भित्रको समस्याको पहिचानसँगै त्यसका अल्पकालीन र दीर्घकालीन समस्या समाधानका लागि प्रतिवेदन तयार पारी सरकारलाई बुझाउने छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार