
काठमाडौं । नेकपा एमालेका एक पुराना नेताले पार्टी परित्याग गरेका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओली भन्दा लामो समय जेलजीवन बिताएका नरेश खरेलले पार्टी परित्याग गरेका हुन् । उनले आज एक बक्तव्य सार्वजनिक गर्दै पार्टीमा इमान्दार कार्यकर्ता भन्दा पनि दक्षिणपन्थी प्रवृत्ति हाबी भएकाले पार्टी परित्याग गरेको बताएका छन् ।
खरेलले पञ्चायतकालमा १७ वर्ष जेल बसेका थिए । खरेल एमाले नेतृत्वसँग असन्तुष्ट थिए । गत वर्ष चितवनमा सम्पन्न दशौं महाधिवेशनमा खरेल कुनैपनि पदका उम्मेदवार थिएनन् । तर खरेललाई हराउनुपर्ने पर्चा महाधिवेशन प्रतिनिधिहरुलाई बाँडिएको थियो।












