प्रहरीले प्रतिबन्धित लागुऔषधसहित पाँच जना समात्यो

काठमाडाैं । शिवरात्रीमा काठमाडौंमा जताजतै गाजाँ सेवनले विभिन्न घटनाहरु घट्ने भएकाले सरकारले याे वर्ष गाजाँ प्रतिबद्ध गरेको छ । काठमाडौंमा सबै भन्दा धेरै सवारी चल्ने थानकोट नाकाबाट गाजाँ लगाएत अन्य लागुऔषध भित्रिने भएकाले सुरक्षा जाँच पनि कडा पारिएको  छ ।
आइतबार विहान चन्द्रागिरीस्थित छुट्टाछुट्टै चेक जाँचको क्रममा प्रहरीले लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुंगा र प्रहरी प्रभाग बलम्वुलेको टोलीले विभिन्न ठाउँबाट आएका रात्रीबस बाट प्रतिबन्धित लागुऔषधसहित उनीहरुलाई पक्राउ गरिएको बताइएको छ ।
प्रहरीको टोलीले सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको ना ६ ख ९४७६ नम्बरको को यात्रुबाहक बस चेकजाँच गर्दा भारत बिहार सितामाडी घर भएका १८ वर्षीय शिव कुमार गुप्तालाई १८०० ट्याबलेट लागुऔषध नाइट्राभेटसहित पक्राउ गरिएको छ ।
त्यस्तै चन्द्रागिरी नपा वडा नं ८ भकुण्डेचौरस्थित सार्वजनिक सडकखण्डमा चेकजाँच गर्ने क्रममा कीर्तिपुर नपा वडा नं ६ टौदह घर भएका २१ वर्षीय सुजन पौडेल र सोही घर भई बस्ने वर्ष २२ का मिलन राउतको साथबाट गाँजाको धूलो जस्तो देखिने पदार्थ ८० ग्राम फेला पारेको छ ।
चेकजाँचकै क्रममा झापाबाट काठमाडौं आउँदै गरेको ना ५ ख ४७८५ नम्बरको यात्रुबाहक बसबाट झापा कन्काई नपा वडा नं ५ घर भएका २० वर्षीय सागर विकलाई लागुऔषध खैरो हेरोइन ०.५ ग्रामसहित नियन्त्रणमा लिएको छ।
त्यस्तै प्रहरीले महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको ना ६ ख ७४४१ नम्बरको यात्रुबाहक बसबाट जिल्ला कैलाली लम्की नपा वडा नं २ घर हुने वर्ष २० को ईन्द्र बुढाको साथबाट लागुऔषध खैरो हेरोइन ६.५ ग्राम फेला परेको प्रहरीले जनाएको छ।
शिवरात्रीलाई लक्षित गरेर उनीहरुले उक्त प्रतिबन्धित सामाग्री ल्याएको हुनसक्ने बताइएको छ । प्रहरीले पक्राउ गरेकाहरुलाई म्याद थपगरी अनुसन्धान सुरु गरेको पनि जानकारी दिएकोछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार