भ्रष्टाचार व्याप्त मुलुकहरूमा नेपाल ११०औं स्थानमा, कम भ्रष्टाचार हुने मुलुक डेनमार्क

काठमाडौं । नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरुको श्रेणीको ११० औं स्थानमा रहेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई)ले सार्वजनिक गरेको रिर्पोटमा नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरुको श्रेणीको ११० औं स्थानमा रहेको हो ।

सन् २०२२ को भ्रष्टाचार अवधारणा सूचकांक आज सार्वजनिक गर्दै टीआईले नेपालको अवस्था केही सुधार भएता पनि भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमा कायमै रहेको जनाएको छ । सन् २०२२ को भ्रष्टाचार अवधारणा सूचकांकमा नेपाल, १०० मध्ये ३४ अंक प्राप्त गरी भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीको ११० औं स्थानमा छ । सन् २०२१ मा ३३ अंक पाउँदै नेपाल ११७ औं स्थानमा थियो ।

सन् २०२२ मा विश्व बैंक, वर्लड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउन्डेशन, वर्ल्ड जस्टिस प्रोजेक्ट र भी–डीईएम सहित ६ वटा संस्थाद्वारा प्रकाशित सर्वेक्षणलाई आधार मानेर सबैभन्दा बढी र कम भ्रष्टाचार हुने देशहरुको सूची सार्वजनिक गरिएको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालकी अध्यक्ष पद्मिनी प्रधानाङ्गले जानकारी दिएकी छन् ।

सूचकांकमा ९० अंक प्राप्त गरी डेनमार्क सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा र १२ अंक प्राप्त गरी सोमालिया सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको रुपमा सूचीकृत भएको ट्रान्सपरेन्सी इन्टरनेशनलको रिर्पोटमा उल्लेख छ ।

दक्षिण एशियाली राष्ट्रहरूमध्ये भुटान २५ औं, मालदिभ्स ८५ औं, भारत ८५ औं, श्रीलंका १०१ औं, नेपाल ३४ ११० औं, पाकिस्तान १४० औं, बंगलादेश  १४७ औं, अफगानिस्तान १५० औं र चीन ६५ औं स्थानमा छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार