अविवाहित मन्त्रीको आग्रहः ‘सकेसम्म विवाह नगर्नु, गरिहाले बच्चा नजन्माउनु’


भारतको नागाल्याण्ड राज्यका उच्च शिक्षा–जनजाति मामिलामन्त्री युवामन्त्री टेम्जेन इम्ना अलंगले सकेसम्म विवाह नगर्न र गरिहाले पनि बच्चा नजन्माउन आग्रह गरेका छन् । उनले विवाह गर्न र बच्चा जन्माउनु भन्दा पहिले तीन पल्ट गम्भिर भएर सोच्न आग्रह समेत गरेका छन् ।
विश्व जनसंख्या दिवसको सन्दर्भमा मन्त्री सलंगले ट्वीट गर्दै आफ्ना समर्थकहरूलाई आफूजस्तै अविवाहित रहन अपिल गरेका थिए ।

‘जनसंख्या वृद्धिको विषयमा सचेत बनौं । सन्तान जन्माउने विषयमा पनि सचेत रहौं । आउनुहोस्, आजै एकल आन्दोलनमा सामेल होऔं’, उनले ट्वीट गरेका छन् । ४१ वर्षीय मन्त्री अलंग आफ्नो मोटो शरीरका सामाजिक सञ्जालमा भाइरल छन् ।

उनि भारतीय जनता पार्टीका नागाल्याण्ड प्रदेश अध्यक्ष पनि हुन् । उनि सन् २०१८ को विधानसभा चुनावमा निर्वाचित भएका थिए ।
मन्त्री अलंग सामाजिसंजालमा समेत सकृय छन्। उनले सामाजिसंजालमा रमाइलो गर्दै विभिन्न पोष्टहरु समेत गर्दै आएका छन् । मन्त्री अलंगको पोष्टहरुमा उनको शरिर र चिम्सा साना आँखालाई लिएर कमेन्टहरु गरिरहेका हुन्छन् ।

साना चिम्सा आँखाका बिषयमा चर्चा भएपनि उनले आफ्ना आँखा साना भएपनि राम्ररी देख्न सक्ने प्रतिकृया दिएका थिए ।

‘साना आँखा हुनुका धेरै फाइदा छन् । पहिलो फाइदा भनेको फोहोर कम पस्छ । अनि स्टेजमा लामो कार्यक्रम हुँदा केही बेर सुत्छौं । कसैलाई पत्तो हुँदैन– हामी सुतेका हुन्छौं कि जागा हुन्छौं,’ मन्त्री अलंगले बताएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार