प्रदेश २ मा फेरि प्रश्नपत्र बाहिरियो परिक्षा स्थगित, प्रदेशकाे बदनाम गर्न प्रश्नपत्र ‘आउट’ गरेको मुख्यमन्त्री राउतको भनाई

काठमाडाैं । प्रदेश २ को जनपुरधामा संचालित  एसईई परिक्षामा सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि शुक्रबारको  परिक्षा पनि रद्द गरिएको छ । बिहिबार विज्ञान र शुक्रवार सामाजिक शिक्षा विषयको प्रश्नपत्र परीक्षा पूर्व नै बाहिरिएछि राष्ट्रिय परीक्षा बोर्डले परीक्षा रद्द गर्ने निर्णय गरेको हो ।

लगतार दुई दिन प्रश्नपत्र आउट गरेर परिक्षा रद्द गरिएको विषयमा विद्यार्थी आक्रोशित भएका छन् । परीक्षार्थीहरुले शुक्रबार विहान संघीय र प्रदेश सरकार विरुद्ध विभिन्न नारा लगाउँदै  परिक्षा केन्द्र तोडफोड समेत गरेका छन् ।

यता प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएको घटनाको जिम्मेवारी केन्द्र सरकारले लिनुपर्ने बताएका छन् । उनले लगातार दुई दिन प्रश्नपत्र आउट गराएर प्रदेश २ को बदनाम गर्न खोजिएको बताए ।

प्रदेश २ को परीक्षा प्रदेश सरकारले नभएर केन्द्र सरकारका निकायले नै गरेकाले उनीहरू नै जिम्मेवार हुने मुख्यमन्त्री राउतको दाबी छ ।

लगातार दुई दिन प्रश्नपत्र आउट गरेर परिक्षा नै रद्द गर्ने कुरा निकै दुखदायी भएकाले केन्द्र सरकारले दोषीमाथि कारबाहि गर्नु पर्ने मन्त्री रावतको भनाइ छ । एसईई परिक्षा विद्यार्थीको जीवनसँग जोडिएकाले छिटोभन्दा छिटो दाेर्षी पत्ता लागाई छानविन गर्न माग गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार