सन्दीपलाई सजाय तोकेसंगै बलात्कृत किशोरीको तस्बिर सार्वजनिकबारे साइबर ब्युरोले अनुसंन्धान गर्दै

काठमाडौँ । बलात्कृत गौशाला २६ किशोरीको तस्बिर सार्वजनिक गरिएको बिषयमा साइबर ब्युरोले अनुसंन्धान थालेको छ । क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार घटनामा जेल सजाय तोकिएपछि पीडित गौशाला २६ किशोरीको तस्बिर सार्वजनिक गरिएको भन्दै साइबर ब्युरोले अनुसंन्धान सुरु गरेको हो ।

पीडित युवतीको तस्बिर सार्वजनिकबारे उजुरी परेपछि अनुसन्धान थालिएको ब्युरोले जनाएको छ । बलात्कार कसुरमा काठमाडौँ जिल्ला अदालतले क्रिकेटर लामिछानेलाई ८ वर्ष कैद, ३ लाख जरिवाना र २ लाख क्षतिपूर्ति भराउन आदेश गरेसँगै पीडितको गौशला २६ को तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

कानुनअनुसार बलात्कार पीडितको पहिचान र तस्बिर सार्वजनिक गर्न नमिल्ने भएपनि गौशला २६को नाम, थर र तस्बिर सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले बलात्कृत किशोरी भन्दै सार्वजनिक गरेका थिए । प्रहरीले पीडित किशोरीको परिचय र तस्बिर सार्वजनिक गर्ने व्यक्तिहरूको पहिचान गरिरहेको जनाएको ब्युरोले जनाएको छ ।

क्रिकेटर लामिछानेबाट बलात्कृत किशोरीको नाम प्रहरीले मुद्धा चलाउदा परिवर्तित गरि गौशाला–२६ उल्लेख गरेको थियो ।
तर, लामिछानेलाई जिल्ला अदालत काठमाडौंले जेल सजाय र जरीवाना तोकेसंगै सामाजिकसंवाल प्रयोगकर्ताहरुले गौशाला २६ को असली नाम, थर र तस्बिर सार्वजनिक गरेका छन् ।

सम्बन्धित भिडियोहरु पनि हेरौं

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार