अमेरिकासंग तितो सम्बन्ध रहेको इरानले भन्योः ह्वाइट हाउसमा जोसूकै बसून्, हामीलाई मतलव छैन्


काठमाडौँ । विश्व राजनीतिमा यतिबेला चर्चा अमेरिकाको नयां राष्ट्रपति निर्वाचित भएको बिषयमा भइरहेको । अमेरिकी राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प विजयी भएपछि उनलाई यतिबेला विश्वभरबाट बधाईको ओइरो लागेको छ । नेपालबाट पनि प्रधानमन्त्री केपी ओलीले ट्रम्पलाई बधाई दिइसकेका छन् । अरब देशहरुबाट पनि उनलाई बधाई आइरहेको छ । तर, अमेरिकासंग चिसो सम्बन्ध भएको इरानले भने फरक प्रतिक्रिया दिएको छ। इजरायलसंग युद्ध गरिरहेको इरानले ट्रम्पको जितलाई खासै महत्व नदिएको बताएको छ ।

इरान सरकारका प्रवक्ता फतेमेह मोहजेरानीले सरकारी टेलिभिजन आईआईबीमा प्रतिक्रिया दिँदै ट्रम्पको जितले आफुहरुलाई खासै प्रभाव नपार्ने बताएकी छन् ।

‘अमेरिकी राष्ट्रपति चुनावले हामीलाई कुनै अर्थ राख्दैन । अमेरिका र इरानमा सरकार बदलिँदैमा केही फरक हुनेवाला छैन । ह्वाइटहाउसमा जोसुकै बसून्, यसले हाम्रा नागरिकको जीवनमा कुनै प्रभाव पर्दैन, प्रवक्ता मोहजेरानीले बताएकी छन् ।

बिगत केहि महिना यता इरान र इजरायलबीच द्धन्द चलिरहेको समयमा अमेरिकी राष्ट्रपति निर्वाचनबारे इरानको प्रतिक्रिया कस्तो आउँछ भन्ने प्रतिक्षाको बिषयको थियो ।

अमेरिकाले इजरायलको नजिकको देश हो । युद्धमा इजरायललाई अमेरिकाले सहयोग गरिरहेको छ। त्यस कारण पनि इरान अमेरिकासंग मित्रवत सम्बन्ध राख्दैन् ।

पहिलो पटक सन् २०१८ मा ट्रम्प राष्ट्रपति हुँदा इरानसँगको परमाणु सम्झौता खारेज गरेका थिए । ट्रम्प फेरि शक्तिमा आएकाले युक्रेन–रुस, इजरायल–प्यालेष्टाइन–इरान युद्ध के होला भन्ने विश्वको चासो बढेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार