श्रीलंकामा श्रृङ्खलावद्ध बिष्फोट, मर्नेको संख्या १४० पुग्यो

काठमाडाैं । आइतबार विहान  श्रीलंकामा भएको श्रृङ्खलावद्ध बिष्फोटमा  परी मृत्यु हुनेको संख्या १४० पुगेको छ । स्थानीय समयअनुसार बिहान पौने ९ बजे कोलोम्बो र आसपासका तीन वटा चर्च र होटलमा भएको बिस्फोटमा परी १४० जनाको मृत्यु भएकाे हाे ।  बिस्फोटमा सैयौं मानिस घाइते भएका छन् ।

आइतबार इसाई धर्मावलम्बीले इस्टर पर्व मनाइरहेका बेला तीन वटा चर्च र कोलम्बोको फाइभ स्टार होललहरुमा विस्फोट भएको थियो । इस्टर सन्डे इसाई क्यालेन्डरमा एक ठूलो पर्व हो र यो दिन चर्चमा प्रार्थना हुन्छ ।

अधिकारीहरुका अनुसार कोच्चादाइस्थित सेन्ट एन्थोनी, बाट्टीकोला र नेगोन्बा चर्चमा विस्फोट भएको हो । यस्तै कोलम्बोमा साङ्ग्री–ला स्टार, किङबरी र सिनेमन ग्राण्ड होटलमा विस्फोट भएको छ ।

बिहानको बिस्फोटको उद्धार र अनुसन्धान भइरहेका बेला दिउँसो दक्षिणी कोलोम्बोस्थित देहीवालाको एक होटलमा फेरि बिस्फोट भएको छ । बिस्फोटमा परी कम्तिमा २ जनाको ज्यान गएको बताइएको छ।

बिस्फोट कसले किन गराएको हो भन्ने अहिलेसम्म खुलेको छैन। सरकारी स्तरबाट यस विषयमा छलफल भइरहेको छ ।  श्रीलंकामा भइरहेको शृखंलावद्ध बिस्फोटको विश्व समुदायले निन्दा र भत्र्सर्ना गरेका छन्।

त्यस्तै नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले बिस्फोटका घटनाबाट निकै मर्माहत भएको उल्लेख गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार