रङ्गशाला निर्माणमा धुर्मुस सुन्तली फाउण्डेनशलाई सहयोग जुट्दै

काठमाडौं । धुर्मुस सुन्तली फाउण्डेशनले चितवनमा निमार्ण गर्ने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि सहयोग जुट्दै छ । बुधबार मात्रै नेपाली चलचित्रकर्मीहरुले ९६ हजार रुपैया सहयोग गरेका छन् ।

जनस्तरबाट निर्माण हुने नेपालकै पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निमार्णमा सम्पूर्ण नेपालीले चासो लिएका छन् ।

बुधबार नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार, निर्देशक तथा कोरियोग्राफर गजित बिष्ट र गम्भिर बिष्टद्धारा संचालित डान्स फेभर (रिदम अफ सोल) को १५ औं बार्षिक उत्सवको सेलिब्रेशन कार्यक्रममा ८५ हजार रुपैंया सहयोग दिइएको छ । त्यसैगरी कार्यक्रममा सहभागि पुष्प अर्यालले ११ हजार रुपैंया सहयोग धुर्मुस सुन्तली फाउण्डेशनलाई दिएका छन् ।

डान्स फेभर (रिदम अफ सोल) १५ औं बसन्त पुरा गरेको अवसरमा बार्षिक उत्सव कार्यक्रम कार्यक्रम पनि मनाइएको छ ।

‘समृद्धि सम्भव छ हाम्रै पाला, बनाऔ मिलि गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला’भन्ने अभियानका साथ रंगशाला निमार्णका लागि कलाकार एंव सामाजिक अभियान धुर्मुस सुन्तलीले देश विदेशमा रहेका नेपालीहरुको पनि सहयो पाइरहेका छन् । उनीहरुले ‘राष्ट्र निर्माण, तपाई हाम्रो अभियान’ हो भन्दै रंगशाला निमार्णमा सबै नेपालीलाई सहयोग गर्न आगह्र समेत गरेका छन् ।

‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि सहयोग गर्न चाहेनेले  (https://www.gofundme.com/NepalStadium) मा जान सक्नु हुन्छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार