औषधी कम्पनीमा आगलागी हुँदा करोडौंको क्षती

रुपन्देही । रुपन्देहीस्थित एक औषधी उद्योगमा भीषण आगलागी हुँदा करोडौं क्षती भएको छ । सोमबार अपराह्नतिर जिल्लाको ओमसतिया गाउँपालिका १ खुन्सामा रहेको एसियन फार्मास्युटिकल्स प्रालिमा आगलागी जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी धर्मराज भण्डारीले जनकारी दिए ।

आगलागीस्थलमा समयमै दमकल नआउँदा करोडौंको सामान जलेर नष्ट भएको उक्त कम्पनीको भनाई छ ।
आगलागी नियन्त्रणका लागि सिद्धार्थनगर, तिलोत्तमा र बुटवल उपमहानगरपालिकाबाट दमकल गएका थिए । प्रहरीका अनुसार आगलागीको कारण थाहा हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार