काठमाडौं । लागू औषध नियन्त्रण ब्यूरो काठमाडौंले ठुलो परिणाममा लागू औषध बरामद गरेको छ । बुधबार दिउँसो काठमाडौंको कोटेश्वरकी ५० वर्षीया सावित्री श्रेष्ठलाई प्रहरीलाई पक्राउ गरेको हो । प्रहरीले बिशेष सुराकीका आधारमा श्रेष्ठलाई उनकै डेराबाट पक्राउ गरेको थियो । उनको कोठाबाट प्रहरीले लागूऔषध डाईजेपाम ६ सय ७० एम्पुल, बुप्रेनोर्फिन नुफिन ५ सय ६१ इम्पुल र फेनारगन ५ सय ६० एम्पुल तथा नगद १ लाख ४१ हजार रुपैयाँ नगद बरामद गरेको छ ।
प्रहरीका अनुसार उनले लामो समयदेखि आफ्नै कोठाबाट लागू औषध कारोबार गर्दै आएकी थिईन । श्रेष्ठले आफ्ना दुई छोरालाई समेत दुव्र्यसनी बनाइसकेको अनुसंन्धानमा खुल्न आएको एसएसपी बसन्त लामाले बताए ।
एउटा आमाले आफ्ना सन्तानलाई जुनसुकै हालतमा पनि गलत बाटोमा लाग्न दिन्न् । बरु जस्तोसुकै दुख गरेर भएपनि सहि आनीबानी सिकाएर हुकाउँछन् । तर, आरोपित श्रेष्ठले अरुका छोराछोरीहरु लागूऔषध बेचेर उनिहरुको जिवन बरबाद गरेसंगै आफ्नै छोराहरुलाई समेत कुलतमा नराम्रोगरी फसाईन ।
यसैगरी प्रहरीले काठमाडौंको चन्द्रागिरी नगरपालिका–१५ ढुङ्गेअड्डाबाट १५ किलो अवैध लागूऔषध चरेशसहित ३ जनालाई प्रक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका–९ का १९ वर्षीय विश्वास थापा, सोहि ठाउँ घर भएका हाल काठमाडौं चन्द्रागिरी नगरपालिका–१५ ढुङ्गेअड्डा बस्ने ३५ वर्षीया सुनिता तिमिल्सिना र सोही नगरपालिका राम्चे घर भएका हाल जोरपाटी बस्ने १९ वर्षीय दिपेश कार्की रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । पक्राउ परेकाउपर लागूऔषध कारोवारसम्बन्धी कारवाही प्रकृया अघि बढाइएको प्ररहीको भनाई छ ।