उदयपुर । उदयपुरको एक जडीबुटी प्रशोधन केन्द्रमा भीषण आगलागी हुँदा करिब अढाई करोड भन्दा बढिको क्षति भएको छ ।
जिल्लाको रौतामाई गाउँपालिका–७, मुर्कुची बजारमा रहेको तेजपात भण्डारण तथा जडीबुटी प्रशोधन केन्द्रमा भीषण बिहीबार ६ बजेतीर भिषण आगलागी भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
आगलागीलाई प्रहरी, त्रियुगा नगरपालिकाको दमकल र स्थानीयवासीले करिब पाँच घण्टापछि मात्रै नियन्त्रणमा लिन सकेको थिए ।
आगलागीबाट भण्डारण गरिएको करिब दुई करोड बराबरको तेजपात र अन्य प्रशोधन गरिएको औषधि पूर्णरूपमा जलेर नष्ट भएको प्रारम्भिक अनुमान गरिएको उदयपुरका प्रहरी प्रमुख चन्द्रदेव राईले जानकारी दिए।
घटनास्थल जिल्ला सदरमुकाम गाईघाटदेखि १५ कोष उत्तरपश्चिम पहाडी क्षेत्रमा रहेकाले उद्धारा टोली र दमकल समयमै पुग्न कठिन भएको थियो । औषधि प्रशोधन केन्द्रमा काम गर्ने मजदुर समेत कोही नभएको बेला अचानक आगलागी हुनुलाई रहस्यका रुपमा लिइएको छ । यसबारे प्रहरीले अनुसन्धान गरिरहेको प्ररही प्रमुख राईले बताए ।