फेरि एक युवकको शव भेटियो

काठमाडौं । काठमाडौंमा फेरि एकजना युवकको शव भेटिएको छ । काठमाडौंको टोखा नगरपालिका– २ दुबो गाउँमा अन्दाजी २५ बर्षिय पुरुषको शव आज बिहान फेला परेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी फणीन्द्र प्रसाईंले जानकारी दिए ।

उनका अनुसार शवको पहिचान खुल्न सकेको छैन् ।
मृतक युवकको शरीरमा चोटपटक देखिएकाले स्थानियहरुले हत्या गरिएको हुनसक्ने आशंका गरेका छन् । तर, प्रहरीले भने घटनाको अनुसंन्धान भइरहेको बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार