बालविवाह अन्त्यका लागि २१ वटा संस्थाहरुको साझा प्रयास

“बालिका दुलही होईनन् राष्ट्रिय सञ्जाल” को नयाँ कार्यसमिति गठन

काठमाडाैं । नेपालमा बालविवाह न्यूनिकरणका लागि काम गर्ने २१ वटा संस्थाहरुको राष्ट्रिय सञ्जाल “बालिका दुलही होईनन्” ले साझा प्रयास चालेको छ । बालविवाह अन्त्यका लागि सरकारी र गैर सरकारी संघसंस्थाहरुले गरिरहेका कामलाई प्रभावरी बनाउन पहल गर्ने उदेश्यले सञ्जालले साझा प्रयास चालेको हो ।

नेपाल सरकारले सन् २०३० सम्ममा नेपालमा बालविवाह अन्त्य गर्ने प्रतिवद्वता सहितको रास्ट्रिय रणनिति २०७२ जारि गरिसकेको छ । यहि रणनितिका आधारमा नेपाल सरकारले सबै सरकारी, गैर सरकारी निकायसँग समन्वय गरी कार्य गरिरहेको पनि छ।

उक्त कार्यमा सहयोग गर्नका लागि नेपालमा बाल विवाह अन्त्यका लागि कार्यरत गैरसरकारी संस्थाहरूको साझा संस्था “बालिका दुलही होईननकाे राष्ट्रिय सञ्जाल” ले उल्लेख्य भूमिका खेलिरहेको छ । सन् २०१२ मा सातवटा गैरसरकारी संस्थाहरूको साझा प्रयासबाट स्थापना भएको उक्त सञ्जालमा अहिले १९ वटा संस्थाहरु सदस्य रहेका छन् ।

सञ्जालको नयाँ कार्यसमिति गठन

शुक्रबार काठमाडौंमा एक भेलाको आयोजना गरी सञ्जालको नयाँ कार्यसमिति चयन गरिएको छ । भेलाबाट आगामी ३ वर्षका लागि आमा मिलन केन्द्रकी अध्यक्ष वैजयन्ती कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति चयन को चयन गरिएको हो । सञ्जालमा ७ जना सदस्यरहेका छन् भने सातै प्रदेशबाट एक, एक जना प्रतिनिधि पनि रहेका छन् ।

समितिमा उप संयोजक बाल कल्याण समाज, मकवानपुरका प्रकाश खतिवडा, महासचिव कृपाका आन्द कुमार तामाङ, सदस्यमा सोलिड नेपालका अजिता आचार्य, जानकी महिला जागरण समाज धनुषाका विष्णु कुमार भण्डारी, सिविन नेपालका निरिजना भट्ट, संरक्षण समुह नेपालका जेनि पोखरेल रहेका छन् ।

त्यसै गरी भेलाले १ नम्बर प्रदेशबाट संकल्प सिबिआर सुनसरीका लखनलाल साह, २ नम्बर प्रदेशबाट जनचेतना अभियान धनुषाका सुनिल यादव, ५ नम्बर प्रदेशबाट किड्स कपिलवस्तुका कृष्णकुमार द्धिवेदीलाई प्रतिनिधिको रुपमा चयन गरेको छ ।  अन्य प्रदेशका प्रतिनिधि कार्यसमितिले पछि चयन गर्ने छ ।

सञ्जालको नयाँ कार्यमितिले संघिय, प्रादेशिक र स्थानिय तहका सरकारहरू, राष्ट्रिय र अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरू र नागरिक समाजसँग मिलेर नेपाल सरकारको बालविवाह अन्त्य गर्ने र दिगो विकासको लक्ष्य हासिल गर्ने प्रतिवद्वतामा सहयोग गर्ने सञ्जालका सदस्य निरिजना भट्टले जानकारी दिएकी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार