पाल्पा । पाल्पामा जँगली च्याउ खाँदा एक बालिकाको मृत्यु भएको छ । जिल्लाको निस्दी गाउँपालिका–३ झिरुवासको सार्कीडाँडामा स्थानिय नौ वर्षीया निर्मलासिंह ठकुरीको च्याउ खाँदा मृत्यु भएको हो। च्याउ खाँदा बिरामी भएकी बालिकाको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख चितवनले जनाएको छ।
जंगली च्याउ खाँदा चार परिवार नौ जना समेत बिरामी परेको प्रहरीले जनाएको छ ।
उनिहरुको नवलपुरस्थित मध्यविन्दु अस्पतालमा उपचार भइरहेको छ । शुक्रबार बेलुकी च्याउ खाएपछि उनीहरु शनिबार अपराह्नबाट बिरामी पर्न थालेका हुन् ।