बाढी प्रभावितको अवस्था बझ्न राप्तीसोनारी पुगे सांसद गहतराज

बाँके। नेकपाका सांसद महेश्वरराज गहतराज बाँकेको राप्तीसोनारी पुगेका छन् । राप्तीसोनारी गाउँपालिका वडा नं.२ राजपुर गाउँका स्थानीय बाढी प्रभावितहरुको स्थलगत अनुगमन गर्न सांसद गहतराज राप्तीसोनारी पुगेका हुन् ।

बाँकेको सबै भन्दा धेरै बाढी प्रभावित उक्त गाउँका स्थानीयसँग सांसद गहतराजले बुधबार अन्तरक्रिया गरेका छन् । बाढीले राजपुर पुरै बगरमा परिणत भएको छ ।

स्थानीयले राजपुरलाई सहयोग गर्न आग्रह गरेपछि सांसद गहतराजले बाढीपिडितका समस्या समाधानका लागि पहल भइरहेको बताएका थिए । साथै उनले आफ्नो तर्फबाट पनि सक्दो सहयोग गर्ने बाचा दिएका छन् ।

गहतराज बाँके क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधीसभा सदस्य हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार