जिप दुर्घटनामा परी डोटीमा पाँच घाइते

डोटी । जिप दुर्घटनामा परी डोटीमा पाँच जना घाइते भएका छन् । डोटीको आदर्श गाउँ पालिकामा ७ साइली गाड नजिकै सोमबार विहान भएकाे दुर्घटनामा परी चालक सहित यात्रु घाइते भएका हुन्।

घाइते हुनेमा सायल उपालिका १ कौराडि बस्ने २७ वर्षे राजु दमाई , १५ वषे बारुलि नेपाली र टीका नेपाली रहेका छन् भने सोही गाउँपालिका ७ का रमेश नेपाली र महेश नेपाली रहेका छन् ।

आदर्शगाउँ पालिकाबाट यात्रु लिएर सायल गाउँपाली तर्फ जादै गरेको से १ च ९१७ नम्बरको जिप दुर्घटनामा परेको बताइएको छ । दुर्घटनामा परी जिप चालक कटक सिलाल गम्भिर घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार