काठमाडौं । अन्ततः गल्ती स्विकार गर्दै काठमाडौको थापाथलीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले माफी मागेको छ।
काठमाडौं गोल्फुटारका निशा तामाङ र दोर्जे लामाकी छोरीको चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको स्वीका गर्दै अस्पतालले माफी मागेको हो।
अस्पतालका निर्देशक डा।चक्रराज पाण्डे, सञ्चालक दीपक कुँवर लगायतले आफहरुको लापरवाही कारण शिशुको ज्यान गएको स्विकार्दै तामाङ दम्पतीसँग माफी मागेका हुन्।
अस्पतालले माफी मागेपछि शुक्रबार तामाङ दम्पतीले छोरीको शव बुझेका छन्।
अस्पताल प्रशासनले लापरवाही गर्ने चिकित्सकलाई जागिरबाट हटाउने प्रतिबद्धतासहित माफी मागेको पीडितले बताएका छन्।
अस्पतालको लापरवाहीले तामाङकी जुम्ल्याहामध्येकी जेठी छोरीको गत साउन ६ गते अस्पतालमै मृत्यु भएको थियो।
केहिदिन अघि पीडितले अस्पतालमा शिशुको मृत्युका बिषयमा प्रर्दशन गरेका थिए ।
शिशुको मृत्युलाई अस्पतालले लापरवाही नभइ अन्य कारणले भएको भन्दै पीडितको आरोपलाई अस्विकार गर्दै आएको थियो । तर, पीडित दम्पतीले शिशुलाई पैसाका कारण अस्पतालले आइसियुमा राखेको र चिकित्सक र नर्सको लापरवाहीले छोरीको मृत्यु भएको बताउदै आएका थिए ।











