
ललितपुर । प्रहरीले ज्ञानेन्द्र शाहीलाई सम्झाई बुझाई छोडेको छ ।
प्रहरीमाथी नै दुव्र्यवहार गरेको बिषयमा उनलाई उनकै कार्यालयबाट आइतबार ललितपुर प्रहरीले पक्राउ गेको थियो । सोमबार उनलाई पहिलो पटकका लागि सम्झाई बुझाई गरि छोडिएको ललितपुर प्रहरी परिसरका एसपी दुर्गा सिंहले अनमोलपोस्टलाई जानकारी दिइन ।
“हामीले एकपटकलाई ज्ञानेन्द्र शाहीलाई सुध्रिने मौका दिएका छौं एसपी सिंहले भनिन, फेरी पनि त्यस्तै हर्कत भएमा कानुन वमोजिक कारवाही गरिनेछ ।”
आफुलाई भ्रष्टार बिरोधी अभियान्ता बताउने शाहीले शनिबार साँझ नेपालगन्ज विमानस्थलमा पर्यटनमन्त्री योगेश भट्टराईमाथि विमान ढिलाइको बिषयमा अपशब्द प्रयोग गर्दै दुर्व्यवहार गरेको कुरा बाहिररिएको थियो ।
सोहि विषय उनले आइतबार पत्रकार सम्मेलन गर्दा केहि ब्यक्तीहरुले उनिमाथी हातपातको प्रयास गरेका थिए । सोहि समयमा सुरक्षाकर्मीले उनलाई सुरक्षा दिदां उलटै सुरक्षाकर्मीमाथी नै उनले दुव्यहार गरेको भन्दै उनलाई पक्राउ गरिएको थियो ।
रिहा पछि के भने ज्ञानेन्द्रले
सोमबार ललितपुरको थुनाबाट रिहा भएका ज्ञानेन्द्र शाहीले आफु कसैको डर र धम्कीबाट भयवित नहुने बताएका छन् । भ्रष्टाचार गर्ने जो सुकैलाई नछोड्ने बताउँदै उनले आफुलाई प्रहरीले पहिलो चोटी सम्झाई बुझाई छोडेको कुरा झुटा भएका दावी गरेका छन् । नेपालगंजमा पर्यटनमन्त्री योगेश भट्टराईले जनतालाई दिएको दुखबारे उनले माफी मागिसकेको र आफुले एउटा जिम्मेवार नागरिक भएर मन्त्रीलाई विमान ढिलाईको बिषयमा प्रश्न गरेको उनले बताए ।
नेपालगंजमा खास के भएको थियो ? घटना भएका बखत रेर्कड गरिएको भिडियो हेर्नुहोस ।









