
चितवन । पछिल्लो समय चितवन विभिन्न घटनाक्रमले चर्चामा छ । बेला बेला अनेक घटना, दुर्घटना भइरहने चितवनमा तिहारको मुखैमा आइतबार एउटा घटना भएको छ ।
चितवनमा नारायणी नदीको पुलबाट एक युवकले आत्महत्या गरेका छन् । हाम फालेका दुईजनामध्ये एक जनाको शव भेटिएको छ भने अर्का एक जना वेपत्ता छन् ।
आइतबार अपरान्ह ४ बजे नारायणीको पुलबाट नदीमा हामफालेका ३०/३२ वर्षका युवकको शव भेटिएको इलाका प्रहरी कार्यालय नारायणगढले जनाएको छ ।
व्यपत्ता अर्का एक जनाको खोजी भइरहेको इलाका प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक रविनबाबु रेग्मीले जानकारी दिए । प्रत्येक्षदर्शीले बताए अनुसार दुईजना संगै हाम फालेको थिए । उनिहरुको पहिचान भएको छैन् ।
शवको मुचुल्क उठाएर परिक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।उनिहरुले किन नदिमा संगै हामफाले भन्ने बिषयमा प्रहरीले अुनसंन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।








