
बुटवल । बुधबार साझँदेखि लक्ष्मीपूजाको मूर्ति बिसर्जनको बिषयलाई लिएर विवाद हुँदा तनावग्रस्त बनेको कपिलवस्तुको कृष्णनगर साम्य भएको छ । स्थानिय दुबैं समुदायबीच १२ बुँदे सहमतिपछि तनाव साम्य भएको हो भने स्थानीय प्रशासनले लगाएको कर्फ्यु जारि नै छ ।
गएराती करिव २ बजेतिर दुवै पक्षबीच सहमति भएपछि कडा सुरक्षाका बीच मुर्ति विसर्जन गरिएको कपिलवस्तुका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीप शमशेर जबराले बताए ।
लक्ष्मीपूजाको मूर्ति विसर्जनका क्रममा सुरु भएको दुई पक्षको विवाद हिंसात्मक बनेपछि जिल्ला प्रशासन कार्यालयले विहीबार विहान ११ बजे देखि कर्फ्यू लगाएको थियो ।
लक्ष्मी पूजाको मूर्ति विसर्जनका क्रममा भएको विवादले उग्ररुप लिँदा प्रहरीको गोली लागेर २० वर्षीय सुरजकुमार पाण्डेको मृत्यु भएको थियो । अहिले मृतक पाण्डेको शव पोष्टमार्टमका लागि तौलिहवा ल्याइएको छ । पोष्टमार्टमपछि मृतकका परिवारलाई शव जिम्मा लगाउने प्रहरीले बताएको छ ।
दुबै पक्षबिच भएको सहमति यस्तो छ
कृष्णपुरको तानाव साभ्य पार्न स्थानिय दुई पक्षबिच १२ बुँदै सहमती भएके छ ।
सहमती अनुसार प्रहरीको गोली लागेर मृत्यु भएक सुरज कुमार पाण्डेको क्षतिपूर्तिका लागि गृह मन्त्रालयलाई सिफारिस गर्ने, मूर्ति विर्सजन गर्न अवरोध गर्ने जमाल खाँलाई कानुनी कारवाही गर्ने, प्रहरीले दमन गरे नगरेको छानबिन गर्ने, कृष्णनगर क्षेत्रमा आगामी दिनमा कुनै अप्रिय घटना हुन नदिनका लागि साझा पहल गर्ने, कफ्र्युलाई क्रमशः घटाउँदै लैजाने लगायतका बुँदामा सहमति भएको प्रशासनले जनाएको छ ।








