दाङ । प्रतिनिधीसभाकी सांसद शान्ता चौधरी चढ्ने गरेको सरकारी गाडी दुर्घटना भएको छ । गाडी गएराति ङको लमही–६ स्थित कुलमोड भन्ने स्थानमा दुर्घटनामा भएको हो ।
सांसद चौधरीलाई लक्ष्मीपुरस्थित घरमा छाडेर देउखुरी तर्फ फर्किदै गरेको अबस्थामा बा २ झ २८७१ नम्वरको स्कारपियो गाडी दुर्घटना भएको दाङ प्रहरीले जानकारी दिएको छ ।
स्थानीयका अनुसार गाडी सडकदेखि करिव १ सय ५० मिटर तल खसेको छ । दुर्घटनामा कुनै मानविय क्षति भने भएको छैन ।








