काठमाडौं । प्रचण्डको सचिवालयले मन्त्रीपरिषद् पुनर्गठनको क्षेत्राधिकार मन्त्रामन्त्रीको भएको बताएको छ । मंगलबार प्रचण्डको निजी सचिवालयले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो ।
विभिन्न संञ्चारमाध्याममा मन्त्रिपरिषद पुनर्गठनको सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष प्रचण्डबीच कुरा समझदारी हुन बाँकी रहेको भनेर आएका समाचाप्रति आपति रहेको बताइएको छ ।
विज्ञप्तिमा मन्त्रीपरिषद् पुनर्गठनको सबै क्षेत्राधिकार प्रधानमन्त्रीको भएको प्रचण्डले बेला बेला बताउदै आएको कुरा उल्लेख गरिएको छ ।
मन्त्रिपरिषद पुनर्गठनका सन्दर्भमा सोमवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा ओली र प्रचण्डबीच छलफल भएको थियो ।