कांग्रेस नेता र सांसदबीच कुटाकुट

वीरगञ्ज । नेपाली कांग्रेसका नेता र सांसदबीच सार्वजनिक ठाउँमै हात हालाहाल भएको छ । दुई जनाबीच वीरगञ्जको सार्वजनिक स्थलमा भएको कुटपिट बाट एक जना नेता घाइते भएका छन् ।

कुटपिट हुनेमा प्रदेशसभा सदस्य समेत रहेका कांग्रेस नेता ओमप्रकाश शर्मा र वीरगञ्ज नगर सभापति भोला कलवार रहेका छन् ।
भनाभनपछिको विवाद कुटपिटमा परिणत भएको थियो । चिया पसलमा भएको कुटपिटलाई चिया पिउन भेला भएका स्थानीयले छुट्याउने प्रयास गरेका थिए ।

शर्माले आफूहरूबीच कटाकुट भएको स्वीकारेका छन् । आफूलाई गाली दिएपछि सहन नसकेर कुट्नु परेको कांग्रेस नगर सभापति भोला कलवारको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार