सुर्तीजन्य पदार्थ सेवनका कारण वर्षेनी २७ हजारले गुमाउछन् ज्यान

काठमाडौँ । सुर्तीजन्य पदार्थको सेवनका कारण नेपालमा  वर्षेनी २७ हजार मानिसहरुले ज्यान गुमाउने गरेको एक अध्यनले देखाएको छ । सुर्तीसेवनकै कारण सिर्जित मुटुरोगका कारण वार्षिक १४ हजार मानिसको मृत्यु हुने गर्दछ ।

दक्षिण एसियाली मुलुकहरुमा नेपाल सुर्तीजन्य पदार्थको सेवनका हिसाबले दोस्रो स्थानमा रहेको नेपाल विकास प्रतिष्ठानले गरेको अध्यनले देखाएको छ ।

विश्व स्वास्थ्य संगठन (ब्लुएचओ)ले सुर्तीजन्य पदार्थमा ७० प्रतिशतले कर उठाउनुपर्ने मापदण्ड तोकेको छ। तर, नेपालले सुर्तीजन्य पदार्थमा ३० प्रतिशत मात्र कर लगाउँदै आएको छ । सोही कारण पनि नेपालमा सुर्तिजन्य पदार्थ अत्यधिक खपत भएको अध्यनको निष्कर्ष छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार