जनकपुरधाम । नेकपाका उम्मेदवारको घरमा बम विस्फोट भएको छ । महोत्तरीको पिपरा गाउँपालिकामा अध्यक्ष पदका लागि नेकपाका उम्मेदवार बिक्रम चौधरीको घरमा बिहीबार साँझ बम विस्फोट भएको हो ।
चौधरीको शौचालय अगाडि प्रेसर कुकुर बम बिस्फोट भएको प्रहरीले जनाएको छ । विस्फोटबाट क्षति भने भएको छैन ।
चोधरीको घरमा बम विस्फोट कसले र किन गराएको हो भन्ने बारेमा भने खुलेको छैन् । प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।
यसअघि बुधबार पोखरामा पनि नेकपाको सभा भइरको स्थल नजिकै बम विस्फोट भएको थियो ।











