काठमाडौँ । कम्युनिष्ट सरकारसंग सत्ता साझेदारमा रहेको समाजवादी पार्टीले सरकार छाडेको छ । पार्टीको मंगलबार बसेको पदाधिकारी बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
नेकपा नेतृत्वको सरकारमा समाजवादी पार्टीले दुई वटा महत्वपुर्ण मन्त्रालय पाएको थियो । समाजवादीका अध्यक्ष उपेन्द्र यादव सरकारको उपप्रधानमन्त्री एवं कानुनमन्त्रीका रुपमा छन् भने मोहम्मद इश्तियाक राई शहरी विकासमन्त्री छन्।
पदाधिकारी बैठकले उपप्रधानमन्त्री यादव र मन्त्री राइले आजै राजीनामा दिनुपर्ने निर्णय समेत गरेको छ । पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने भन्नेबारे भोली (बुधबार) बस्ने बैठकले निर्णय गर्ने जनाइएको छ ।
संविधान संशोधनको मागसहित समाजवादी सरकारमा सहभागी भएको थियो। पछिल्लो समय संविधान संशोधनको कुरा उठाएपछि प्रधानमन्त्री केपी ओली अध्यक्ष यादवसंग रुष्ट भएको कुरा बाहिर आएको थियो ।
सत्तारुढ नेकपाले हालै राजेन्द्र महतो नेतृत्वको राजपासंग २ बुंदे सहमती गरेपछि समाजवादी पार्टी सरकारसंग शंसकित भएको बिश्लेषकहरु बताउँछन् ।