
बुटवल । बुटवलका एक किशोर ४६ दिनदेखि बेपत्ता छन् । बुटवल ११ कालिकानगरका १६ बर्षिय किशोर जनक श्रेष्ठ कात्तिक २३ गते शनिबार बिहानदेखि सम्पर्कविहीन भएका हुन् ।
जनका परिवारले छोराको खोजीमा प्रहरीले तदारुकता नदेखाएको गुनासो समत गरेका छन् । जनक बुटवलको स्कलर्स होम बोर्डिङ स्कूलमा कक्षा ९ मा पढ्ने बिधार्थी हुन ।
विधालयका अनुसार कात्तिक २२ गते विद्यालयमा अर्धवार्षिक परीक्षाको नतिजा प्रकाशित हुँदा जनक दुई विषयमा अनुतीर्ण भएका थिए ।
घरबाटै छोरा सम्पर्कविहीन भएपछि बुटवलको योगिकुटी र वडा प्रहरी कार्यालय रामनगरमा खोजी गरिदिन निवेदन गरे पनि प्रहरीले चासो नदिएको आमा मिना श्रेष्ठले गुनासोले गरिन् ।
विद्यालयका प्राचार्य बाबुराम बन्जाडेले आफूहरुले पनि जनकको खोजीमा सक्दो प्रयास गरेको भए पनि प्रहरी प्रशासनको सहयोग विना सफल नहुने बताए ।
जनकले ६ हजार नगद, जन्मदर्ताको प्रमाणपत्र र झोलामा दुई जोर कपडा लिएर सम्पर्कविहीन भएको मिनाले बताइन् । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले हराएका किशोरको फोटो मातहतका निकायमा पठाएर प्रहरीले खोजी गरिरहेको बताए ।








