कोरोना भाइरलबाट बचाउन चीनमा रहेका नेपाली लिन आज विमान जाँदैं


काठमाडौं । कोरोना भाइरलबाट बचाउन चीनमा रहेका नेपाली बिधार्थी लिन आज नेपाली जहाज त्यसतर्फ जाँदैछ ।
चीनमा रहेका एक सय ८५ नेपाली बिधार्थी लिन आज दिउँसो ३ बजे नेपाल एयरलाइन्सको जहाज चीन प्रस्थान गर्न लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसबाट बच्नका लागि स्वदेश फर्किन चाहेका नेपाली लिन काठमाडौबाट नेपाली जहाज चीनको हुबेई प्रान्तको वुहान सहर जान लागेको हो ।

शनिबार दिउँसो ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट उडेको विमान साँझ ६ः४५ मा चीनको वुहान पुग्ने र आइतबार बिहान करिब २ बजे बिधार्थी लिएर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अवतरण गर्नेछ बताइएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार चीन जान लागेको नेपाल वायुसेवा निगमको ३३०–२०० सिरिजको २७४ सिटे वाइडबडी जहाजमा विशेष तालिमप्राप्त स्वास्थ्य टोली पनि रहनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार