बास्कोटाको कमिसनप्रकरणबारे सरकारले छानबिन गर्छ, अख्तियारले गर्दा अझै सहज–नेता गुरुङ

काठमाडौँ । नेकपा प्रमुख सचेतक देव गुरुङ्ले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको कमिसन बार्गेनिङको अडियोबारे सरकारले छानबिन गर्ने बताएका छन् ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता गुरुङले सेक्युरिटी प्रिन्टिङ प्रेस सम्बन्धी सरकारी सम्झौतामा मन्त्रीले करोडौंको कमिसन मागेको अडियोका बारेमा अख्तियार दुरुपयोग अनुसंन्धाल आयोगले छानबिन गर्दा अझ सहज हुने बताएका हुन ।

भ्रष्टचार निर्मुल पार्ने अभियानमा लागिरहेको कम्युनिष्ट सरकारले बास्कोटाको कमिसनप्रकरणबारे गम्भिर रुपले छानिबिन गर्ने प्रष्ट पारे ।
सेक्युरिटी प्रिन्टिङ प्रेसको बिना ग्लोबल टेण्डर कुनै कम्पनीसँग सम्झौता गर्ने खोज्नु र वहालवाला मन्त्रीको कमिसन अडियो सार्वजनिक हुनुलाई गम्भिर रुपले लिएको बताए ।

बास्कोटाको कमिसन प्रकरणबारे संसदको सार्वजनिक लेखा समितिले छानविन गरिरहेको र छिट्टै प्रतिवेदन आउने जानकारी समेत दिए । पार्टीपंतीमा समेत यस बिषयमा चर्को वहश उठेको नेता गुरुङले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार