कोरोना भाइरस भित्रिन नदिन ३७ वटा सीमा नाकामा पनि चेकजाँच गरिने


काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण भित्रिन नदिन उच्च सर्तकता बढाएको छ ।

बिहीबार उपप्राधन तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको उच्चस्तरीय समितिको बैठकले नेपाल-भारत सीमाका ३७ नाकामा पनि कोराना भाइरसबारे चेकजाँच गरिने निर्णय गरेको हो ।

बैठकले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भइरहेको चेकजाँचलाई थप व्यवस्थित बनाउने निर्णय समेत गरेको छ ।

कोरोना भाइरसको त्रास विश्वव्यापीरुपमा बढिरहेकाले नेपाल पनि उच्च जोखिममा रहेकाले सरकारले सर्तकता अपनाइरहेको ह ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार सीमा नाकामा चेकजाँच गर्नका लागि सात वटै प्रदेशहरुमा स्वास्थ्य टोली पठाइसकेको ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार