कुन ब्लड र्गुप भएका मानिसमा कोरोना छिटो सर्छ


काठमाडौं । विश्वमा महामारीको रुप लिएको कोराना भाइरसबारे विभिन्न खोज अनुसंन्धान भइरहेका छन् । यसको खोप अविष्कार गर्नेदेखि नियन्त्रणबारे वैज्ञानिकहरु रातदिन जस्तै खटिरहेका छन् ।

चीनको वुहान प्रान्तमा पहिलो पटक देखिएको कोरानाले विश्वभरका वैज्ञानिकहरुको होस नै उठाएको छ भने मानिसहरुमा ठुलो त्रास पैदा गरेको छ ।

कोरोनाको उद्गम ठाँउमै यसबारे एउटा नयां अनुसंनधान गरिएको छ । जसअनुसार कोरोना भाइरस मानिसमा सर्ने बिषयमा उसको ब्लड र्गुपले धेरै महत्व राख्नेछ ।

कोरोनाको उद्गमस्थल चीनको वुहान प्रान्तको जिनइंतान अस्पतालमा गरिएको अनुसंन्धान अनुसार  ब्लड गुर्प ‘ए’ भएका मानिसमा कोरानाको संक्रमण छिटो र ब्लड र्गुप ‘ओ’ भएका मानिसमा संक्रमण हुन धेरै समय लाग्ने देखाएको छ ।

समाचार एजेन्सी Medrxiv.org का अनुसार वुहानमा वैज्ञानिकले कोरोना भाइरसद्वार संक्रमित २,१७३ व्यक्तिमा यसबारे अध्ययन गरेको थियो । जसमध्ये २०६ जनाको मृत्यु कोरोना भाइरसका कारण भएको थियो ।

कोरोना भाइरसका कारण मारिएका २०६ व्यक्तिमध्ये ८५ जनाको ब्लड गुर्प ‘ए’ थियो । ५२ जनाको ब्लड गुर्प ‘ओ’ थियो ।

वैज्ञानिकहरुले पत्ता लगाएअनुसार ब्लड र्गुप ‘ए’ को तुलनामा ‘ओ’ र्गुप भएका मानिसमा कोरोना भाइरसले निकै ढिलो संक्रमण गर्छ । कोरोनाका कारण मृत्यु हुनेमा ब्लड र्गुप ‘ए’ बढि देखिएको छ ।

अहिलेसम्म यो अनुसन्धानको रिभ्यू भएको छैन तर चीन तियानजिनस्थित स्टेटको ल्याबोरेटरी अफ एक्सपेरिमेन्टल हिम्याटोलोजीका वैज्ञानिक गाओ यिंगदाईले यो अनुसन्धानले यो रोगको उपचार खोज्न मद्दत गर्ने बताएका छन् ।

गओ यिंगदाईले भनेका छन्, ‘यदि तपाईंको ब्लड र्गुप ‘ए’ छ भने पनि तपाईं चिन्तित हुनुपर्दैन । यसको अर्थ यो होइन कि तपाईं शत प्रतिशत कोरोनाद्वार संक्रमित भएरै छोड्नुहुनेछ । ब्लड गुर्प ‘ओ’ भएका मानिसहरुले भने पनि लापरवाही भने गर्नु हुदैन ।’

ब्लड र्गुप जुनसुकै भएपनि विषेशगरी कोरोना भाइरसबाट बच्नका लागि सावधानी नै उत्तम विकल्प हो । जसका लागि चिकित्सकले भनेअनुसार पटक पटक सावुनपानीले हात धुने, एक्कासी धेरै ज्वरो आउनु, खोकी लाग्नु, छाती दुख्नु जस्ता लक्षण देखा परेका तुरुन्त अस्पतालमा गइ चेकजाँच गर्नुपर्दछ ।

साथै भिडभाडयुक्त ठाँउमा नजाने, घरभित्रै बस्ने र अत्यावश्यक कामले घर वाहिर जानु परेमा मास्क, सेनीटाइजर प्रयोग गर्ने गरेमा धेरै हदसम्म कोरोनाबाट बच्न सकिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार