
काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठकले हाललाई पार्टी विवाद साम्य पारेको छ । बैठकले पार्टी फुट उन्मुख हुन नदिई थप एकताबद्ध भएर जनादेशअनुसार अघि बढ्ने निर्णय गरेको छ ।
पार्टी भित्रको विवाद उत्कर्षमा पुगि फुट्ने होकी भन्ने धेरैले आशंका गरेका थिए । तर, त्यस्ता फुट उन्मुख हुने कुनैपनि कृयाकलापमा संलग्न नहुन बैठकले पार्टीपंङ्तीलाई निर्देशन समेत दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकासले जानकारी दिए ।
सरकारले ल्याएको अध्यादेशपछि पार्टीमा उत्पन्न अन्तरबिरोधका गतिविधीले पार्टी फुट्ने संकेत समेत देखिएका थिए । पार्टीभित्रको असन्तुष्टीले प्रधानमन्त्रीको राजीना समेत मागिएको थियो ।
तर, सचिवालय बैठकमा प्रधानमन्त्री ओलीको राजीनाबारे खासै छलफल भएन । बरु प्रधानमन्त्रीले आफ्नो कमजोरीप्रति आत्मालोचना गरी सबैको सहमतीमा अघि बढ्ने निर्णय गरेका छन् । कोरोना कहरकाबीच सबैको साथ लएर अघि बढ्न समेत प्रधानमन्त्री तयार समेत भएका छन् ।
बामदेव कार्ड सदर
नेकपा सचिवालय बैठकले पार्टी उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री बन्ने बाटो खोल्ने निर्णय गरेको छ । उनलाई उपयुक्त समयमा प्रतिनिधी सभाको उम्मेदवार बनाई संसदमा लैजाने सचिवालय बैठकले निर्णय गरेको हो ।
प्रधानमन्त्री ओलीले उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव यसअघि बैशाख १७ गतेको सचिवालय बैठकमा गरेका थिए । जसलाई विवाद समाधानका लागि प्रधानमन्त्रीको ‘बामदेव कार्ड’ पनि भनिएको थियो ।
जुन शनिवार राती बालुवाटारमा सम्पन्न बैठकले सदर गरेको छ । सचिवालय कमिटीमा रहेका बहुमत सदस्यले प्रधानमन्त्रीले राजीनामा दिएर सहमतीका बाटो खोल्नुपर्ने बताएपछि प्रधानमन्त्री ओलीले गौतमलाई प्रधानमन्त्रीका रुपमा अघि सारेका थिए ।
ओलीले कोरोनापछि गौतमलाई सांसद बनाएर प्रधानमन्त्री बनाउने र बरिष्ठ नेता माधवकुमार नेपाललाई तेस्रो अध्यक्ष बनाउने प्रस्ताव गरेका थिए ।
नेपाललाई अध्यक्ष बनाइने संभावना टर्यो
पार्टी विवादपछि पहिलो पटक १७ गते बसेको सचिवालय बैठकमा चेपुवामा परेका प्रधानमन्त्री ओलीले बामदेव कार्ड संगै अर्को कार्ड चालेका थिए । त्यो थियो बरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीको तेस्रो अध्यक्ष बनाउने ।
यस बिषयमा नेता माधव नेपालले कुनै प्रतिकृया जनाएका थिएनन् । त्यसपछि २० गतेका लागि अर्को बैठक ठाकिएको थियो ।
तर, दोस्रो पटक शनिवार बसेको सचिवालय बैठकमा नेपालका बिषयमा खासै चर्चा नभएको नेताहरुले बताएका छन् ।
यसअघि प्रधानमन्त्री ओलीले नै पहिलो बैठकमा उनलाई तेस्रो अध्यक्ष बनाउने भन्ने प्रस्ताव हालका लागि स्थगित गर्ने निर्णय गर्यो । पार्टी प्रवक्ता श्रेष्ठले बताएअनुसार तेस्रो अध्यक्ष बन्नका लागि नेपाल स्वयम पनि तयार नरहेकाले हाललाई उक्त बिषय स्थगित गरिएको हो ।
एउटै पार्टीका दुई तीन अध्यक्ष बनाउँदा पार्टी झन कमजोर र अस्तब्यस्त हुने भएकाले हाललाई नेकपाले पुरानै निर्णयअनुसार अघि बढ्ने योजना बनाएको छ ।
सचिवालय बैठकले मिती नै तोकेर स्थायी कमिटी बैठक बोलाउन निर्णयलाई भने वरिष्ठ नेता माधवकुमार नेपाल समुहले सकारात्मक रुपका लिएको उनि निकट एक नेताले अनमोलपोस्टलाई बताए ।
सचिवालय बैठकले गरेका निर्णयप्रती वरिष्ठ नेता नेपालले केहि आंशका व्यक्त गरेको उनि निकट एक नेताले बताए ।
पार्टीलाई सहमतीअनुसार लैजाने निर्णय राम्रो भएपनि अध्यक्षद्वय ओली र प्रचण्डबीचको आज भएको अपारदर्शी भेटघाटप्रती नेपालले संशकित बनेको बताइएको छ ।
स्थायी कमिटी बैठकमा पार्टीका आन्तरिक समस्याबारे थप बृहतरुपमा छलफल गर्नका लागि नेपाल समुहले तयारी गर्ने समेत बताइएको छ ।










