थप ७ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या २५० पुग्यो


काठमाडौं । विहिबार विहानै थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कपिवस्तुका, काठमाडौं, सर्लाही, धनुषा र महोत्तरीमा सात जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कपिलवस्तुका ६ वर्षीया बालिका, काठमाडौंको चन्द्रागिरि निवासी ३२ वर्षीय पुरुषमा, सर्लाहीका ४५ वर्षीय पुरुष, धनुषाका २० वर्षीया महिला र ४० वर्षीय पुरुष महोत्तरीका १६ र ३५ वर्षीय पुरुषमा कोरोना भेटिएको छ ।

मंगलबार पनि चन्द्रागिरि नगरपालिकाकै मच्छेगाउँमा ३३ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसअघि बुधबार एकै दिन २४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

नेपालमा दिन प्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार