
काठमाडौं । प्रधानमन्त्री केपी ओलीको सरकारी निवास वालुवाटारबाट डेढ दर्जन प्रदर्शनकारी पक्राउ परेका छन् । बुधबार दिउँसो संयुक्त राजनितीक दलित संघर्ष समितिले गरेको शान्तीपुर्ण विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दै १५ जना प्रदर्शनकारीलाई पक्राउ गरेको हो ।
रुकुम सोती नरसंहार लगायत देशका अन्य ठाउँमा भएका दलित सम्बन्धि घटनाको विरोध गर्दै दोषीलाई हदैसम्मको कारवाहीको माग गर्दै वालुवाटारमा गरिएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दै प्रदर्शनकारीहरुलाई पक्राउ गरेको अधिकारकर्मी तथा साझा पार्टीका नेता प्रकासचन्द्र परियारले जानकारी दिए ।

पक्राउ पर्नेमा जिवन परियार, राजकुरमा हिङमाङ, लक्ष्मी परियार, टेक बिश्वकर्मा, शर्मिला बागचन, राम नेपाली, शोभा सेन्चुरी, दुर्गा बराइली, हिम्मत महरा, संघर्ष दाहाल, सुनिता मरिक, रण बहादुर रम्तेल, धर्मराज बिडुवाल र नानीमैयाँ पुर्कोटी रहेको अधिकारकर्मी तथा जनता समाजवादी पार्टीका नेता दलमर्दन कामीले जानकारी दिए ।
उनकाअनुसार पक्राउ परेकालाई अहिले भृकुटीमण्डपस्थित महेन्द्र पुलिस क्लबमा राखिएको छ । रुकुम सोती घटनाबारे वालुवाटार पुगेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने र धर्ना दिने कार्यक्रम रहेको थियो ।











