
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले हावाबाट पनि कोरोना फैलिन सक्ने बताएको छ । आफुसँग यसको केही प्रमाण भएकोले हावाबाट पनि कोरोना फैलिन सक्ने बताएको हो ।
डब्ल्यूएचओलाई यसअघि विश्वका ३२ देशका दुई सय ३९ वैज्ञानिकहरुले खुला पत्र लेखेर कोरोना भाइरस हावाबाट पनि फैलिन सक्ने भन्दै हालको दिशानिर्देश संशोधन गर्न सुझाव दिएका थिए । उनीहरुले कुनै व्यक्तिले स्वास फेर्दा ऊ संक्रमित हुनसक्ने प्रमाण प्रस्तुत गरेका थिए ।
डब्ल्यूएचओमा कोरोना भाइरस संक्रमणको महामारीसँग सम्बन्धित प्राविधिक प्रमुख मारिया वान केरखोवले कोरोना भाइरस हावाबाट फैलिएको आशंकाबारे आफूहरुले छलफल गरिरहेको जानकारी दिए ।
डब्ल्यूएचओले हावाको माध्यमबाट कोरोना संक्रमण फैलिने कुरा औपचारिक रुपमा पुष्टि भएमा व्यक्तिगत दुरीको नियम परिवर्तन गर्नुपर्ने हुनसक्ने बताएको छ ।










