नेकपाका महासचिव आइसोलेसनमा, अंगरक्षकलाई कोरोना पुष्टि


काठमाडौँ । सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेल होम आइसोलेनमा बसेका छन् । आफ्ना अंगरक्षक (पीएसओ) लाई कोरोना संक्रमण पुष्टि भएपछि उनी आइसोलेसनमा बसेका हुन् ।

शुक्रबार उनीसहित अंगरक्षकको स्वाब संकलन गरिएको थियो । आइतबार आएको रिपोर्टमा पौडेलका अंगरक्षकमा कोरोना संक्रमण पुष्टि भएको हो ।

तर उनको आफ्नो रिपोर्ट भने नेगेटिभ आएको छ । आफ्नो रिपोर्ट नेगेटिभ आएको भएपनि अंगरक्षकसँगै हिँडेकाले भेटघाट बन्द गरेर घरमै आइसोलेसनमा बसेको उनले बताएका छन् ।

यसअघि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मीमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार