प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्न : के खाडीका श्रमिक ‘वर्ग शत्रु’ हुन् ?


काठमाडौं । सरकारले कोरोना महामारीका कारण विदेशमा अलपत्र परेका नागरिकको उद्धार र क्वारेन्टिन व्यवस्थानमा गरेको ढिलाईप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ । मानिसहरुले भोकभोकै विदेशमा मर्नु पर्ने अवस्थासम्म पनि सरकार नआत्यिको भन्दै विज्ञप्तिमार्फत आपत्ति जनाएको छ ।

अनुकुल अवस्थामा देशमा रेमिटेन्स पठाएर अर्थतन्त्रलाई भरथेग गरिरहेका अन्नदातालाई प्रतिकुल बेलामा सरकार किन गर्दैछ ‘वर्ग शत्रु’ को व्यवहार ? कांग्रेसले निकालेको विज्ञप्तिमा प्रश्न गरिएको छ ।

कांग्रेसले भने पुनः महंगो चार्टर फ्लाईटको टिकटदेखि सबै खर्च आफैंले व्यहोर्नुपर्ने निर्णयले श्रमिकको पिडामाथि पीडा थप्ने काम भएको भन्दै विरोध जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्धारा जारी विज्ञप्तिमा कोरोनाका कारण ६ महिनादेखि बेरोजगार भएर बसेका खाडिका श्रमिकलाई चार्टर फ्लाइटको महंगो टिकट खरिद गर भन्नू कति न्यायोचित छ ? भनेर भनिएको छ ।

यसका साथै कांग्रेसको विज्ञप्तिमा नेपाल फर्किसकेपछि ७ दिनसम्म महंगो होटलमा बस्नु पर्ने नियम पनि उनीहरुका लागि न्याय संगत नभएको भनिएको छ ।

यसले अप्ठ्यारोमा परेका नेपालीको उद्धारमा सरकारको मानवीय भावना कम, व्यापारको मस्तिष्क धेरै खपत भएको देखिएको कांग्रेसले बताएको छ । साथै दिनमा तीन वटा मात्र उद्वार फ्लाइट गर्दा कतिपय देशका नेपाली घर फर्किन महिनौं लाग्ने चिन्ता समेत व्यक्त गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पीसीआर टेष्ट सहज भएका देशहरुमा भदौ १६ बाट सशर्त नियमित उडान गरेर नेपालीहरुलाई स्वदेश ल्याउने र आफ्नै खर्चमा सात दिन अनिवार्य होटल क्वारेन्टिनमा बस्नुपर्छ निर्णय गरेको थियो ।

यस्तै पीसीआर टेस्ट सहज नभएका मुलुकहरुबाट चार्टर उडानबाट ल्याइनेछ । वैदेशिक रोजगोर कोषको रकमबाट उद्दार गर्नेहरुलाई भने स्थानीय तहहरुले बनाएको क्वारेन्टिनमा राख्ने मन्त्रिपरिषदको निर्णय छ ।

विज्ञप्ति

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार