
विराटनगर । मोरङका ६ वटा स्थानीय तहमा लकडाउन एक साता थप गरिएको छ । मोरङको रंगेली नगरपालिकामा भएको छलफलपछि कोरोना संक्रमितको संख्या बढ्दै गएपछि आजबाट लागु हुनेगरी लकडाउन एक साता थप गरिएको हो ।
जिल्लाका रतुवामाई, सुनबर्षी, रंगेली नगरपालिका, धनपालथान, कटहरी र जहदा गाउँपालिकामा एकसाता लकडाउन थप गर्ने निर्णय भएको बताइएको छ । छलफलले एक सातासम्म अत्यावश्यक सेवाबाहेक बजार र यातायात बन्द गर्ने निर्णय गरेको छ ।











