अल्का अस्पतालकी कर्मचारी केसीको शव लेलेको जंगलमा भेटियो, हत्याको आशंकामा भतिज पक्राउ


काठमाडौं । ललितपुरको अल्का अस्पतालमा कार्यरत ३९ वर्षीया गीता केसीको शव भेटिएको छ । प्रहरीले उनको शव गोदावारी नगरपालिका १० मुलडोलस्थित लेलेको जंगलमा भेटिएको हो ।

उनको हत्या भएको हुनसक्ने भन्दै प्रहरीले आशंकामा उनका भतिजा निर्मल केसीलाई पक्राउ गरेको छ । अनुसन्धानका क्रममा उनको घर भैंसीपाटी क्षेत्रबाट भतिजा केसीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार मुखमा समेत चोटपटक लागेकाले उनको घाँटी थिचेर हत्या गरिएको हुनसक्ने खुलेको छ । प्रहरीले यो विषयमा अनुसनधान गरिरहेकोले अहिले नै खुवाउन नमिल्ने बताइएको छ ।

केसीको परिवारले उनी हराएको भन्दै तीन दिनअघि महानगरीय प्रहरी परिसर, ललितपुरमा उजुरी दिएपछि खोज्न सुरु गरेको थियो । उनको शव शुक्रबार साँझ मुख्य सडकबाट दुई सय मिटरभित्र लेलेको जंगलमा भेटिएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार