
काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारीले जोखिमयुक्त वस्ती सुरक्षित क्षेत्रमा स्थानान्तरण गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराएकी छन् ।
आइतबार एक सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले सिन्धुपाल्चोकको बाह्रबिसे–७ घुम्थाङमा गएराती गएको पहिरोमा भएको जनधनको क्षतिप्रति दुःखी समेत ब्यक्त गरेकी छन् ।
“भौगोलिक सम्वेदनशीलताको अध्ययन गरी जोखिमयुक्त वस्ती सुरक्षित क्षेत्रमा स्थानान्तरण गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गर्दछु”, उनले सन्देशमा बताएकी छन् ।
२०७२ को भूकम्पबाट देशका विभिन्न भाग थङ्थिलो बनेकामा सिन्धुपाल्चोक लगातार पहिरोको जोखिममा परिरहेको छ । त्यहाँ फेरि पहिरोबाट जनधनको क्षति भएकोमा दुःखी भएको छु । भौगोलिक सम्वेदनशीलताको अध्ययन गरी जोखिमयुक्त वस्ती सुरक्षित क्षेत्रमा स्थानान्तरण गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गर्दछु।
— Bidya Devi Bhandari (@PresidentofNP) September 13, 2020
२०७२ सालको भूकम्पबाट देशका विभिन्न भाग थङ्थिलो बनेकामा सिन्धुपाल्चोक लगातार पहिरोको जोखिममा परिरहेको उनको भनाई छ ।
घुम्थाङमा गएराती गएको पहिरोमा परी अहिलेसम्म ११ जनाको शव भेटिएको छ भने २० जना अझै वेपत्ता रहेका छन् ।
यो पनि पढौं
सिन्धुपाल्चोक पहिरो अपडेटः ज्यान गुमाएका ९ जनाको सनाखत, २२ अझै बेपत्ता











