
काठमाडौं । काठमाडौं उपत्यका र आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ । बुधबार बिहान ५ बजेर १९ मिनेटमा भुकम्पको धक्का महसुस गरिएको हो ।
सिन्धुपाल्चोक राम्चे केन्द्रबिन्दु भएर ६ रिक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापदन केन्द्रले जनाएको छ । धम्मा महसुस भएपछि मानिसहरु कराउँदै घरबाहिर निस्किएका थिए ।









