
काठमाडौं । कीर्तिमानी पर्वतारोही आङरिता शेर्पा हिम चितुवाको निधन भएको छ । सोमबार बिहान १० बजे उनको आफ्नै निवास जोरपाटीमा ७२ वर्षको उमेरमा उनको निधन भएको हो । शेर्पा लामो समयदेखि उनी लिबर र ब्रेन लगायतका स्वास्थ्य सम्बन्धी समस्याबाट पीडित रहेको र बिहान उनको मृत्यु भएको पासाङ ल्हामु फाउन्डेसनले जनाएको छ ।
विनाअक्सिजन १० पटक सगरमाथा आरोहण गरेर उनले विश्व रेकर्ड राखेका छन् । त्यसैले उनी ‘हिम चितुवा’ उपनामले परिचित थिए ।
प्रधानमन्त्रीद्धारा दुख ब्यक्त
कीर्तिमानी पर्वतारोही आङरिता शेर्पा को निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दुख ब्यक्त गर्दै उनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना ब्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले सामाजिक संजालमार्फत शेर्पाको निधनप्रति दुख ब्यक्त गरेका हुन् ।
बिनाअक्सिजन १० पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गर्नु भएका आङरिता शेर्पाको निधनले अत्यन्त दु:खित तुल्याएको छ। यस दुःखद् घडीमा उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोकसन्तप्त परिवार र शुभेच्छुकहरुप्रति गहिरो समवेदना ब्यक्त गर्दछु।उहाँको कीर्तिमानी सदास्मरणीय रहने छ।
— K P Sharma Oli (@kpsharmaoli) September 21, 2020








