
काठमाडौं । काठमाडौं उपत्यकामा थप ७ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ७२४ जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमितमध्ये काठमाडौंमा ५८३, ललितपुरमा ७८ र भक्तपुरमा ६३ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।









